Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

शिक्षकलाई उचाल्दै प्रचण्ड

शिक्षकलाई उचाल्दै प्रचण्ड

मंगलवार , बैशाख ९, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलन छाडेर शिक्षकहरुलाई विद्यालय फर्कन आग्रह गरिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा सुधारको मागमा आन्दोलनरत शिक्षकहरूलाई आन्दोलन नछोड्न आग्रह गरेका छन्।

काठमाडौंमा २१ दिनदेखि जारी शिक्षक आन्दोलनलाई सम्बोधन गर्दै प्रचण्डले शिक्षकहरूले अघिल्ला आन्दोलनहरूमा पटक–पटक धोका भोग्नु परेको उल्लेख गर्दै धैर्यका साथ आन्दोलनलाई निरन्तरता दिन अपिल गरेका हुन्।

पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘शिक्षक साथिहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन अपिल गर्न चाहन्छु । तपाईंहरूले विगतमा पनि पटक–पटक आन्दोलन गर्नुभएको छ, सम्झौता गर्नुभएको छ, तर पटक–पटक धोका पाउनुभएको छ ।’

उनले शिक्षामा सुधार आवश्यक रहेको भन्दै शिक्षकहरूको आवाजलाई समर्थन गर्ने संकेत पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077