काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले केपी ओलीसँग हिसाबकिताब माग्न एमाले कार्यकर्तालाई आग्रह गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापनाका अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले यस्तो आग्रह गरेका हुन् ।
उनले ‘आइ लभ यू केपी बा’ भन्नेहरुले अब उनीसँग हरेक हिसाबकिताब खोज्नुपर्ने बताए ।
उनले भने, ‘आइ लभ यू केपी बा होइन, कम्रेड केपी हाम्रो हिसाब देऊ, क्रान्तिको हिसाब देऊ, आन्दोलनको हिसाब देऊ, पार्टी विघटनको, संसद विघटनको, लोकतन्त्रमाथि यो तहको आक्रमणको हिसाबकिताब देऊ भन्नु पर्ने हो ।’
केपी ओली जहाँ गयो त्यहीँ उनीविरुद्ध नारा लाग्न थालेको भन्दै उनले विरोधीलाई देखाउन एमालेले वैशाख ११ गते शक्ति प्रदर्शन गर्न लागेको उनको भनाइ छ ।