काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनु नपर्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७६औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले आफू अहिले बुढो नभएको र अस्वस्थ पनि नरहेको बताए ।
'कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ। अहिले म बिरामी छैन। अबको २०-२५ वर्षपछि बुढो हुन्छु। कसैले हतार गरेर हुँदैन। मलाई मेरो उमेर र स्वास्थ्यका कुरा गर्नु पर्दैन। केपी ओली बिनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन,' उनले भने।
उनले एमाले बिनाको देशको कल्पना नगर्न आग्रह गरे। 'केपी ओली बिनाको एमाले किन खोजेको होला? तिनको मनसाय राम्रो भए त म सरक्क छोडिदिने थिएँ। एमाले बिनाको नेपाल हेरौँला, मिसन २०८४ मा। हामी झन् बलियो भएर आउनेछौं,' उनल थपे।