काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बुढो नभएको टिप्पणी गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले सो टिप्पणी गरेका हुन् ।
उनले आफू अहिले बुढो नभएको र अस्वस्थ्य नरहेको बताए ।
'कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ। अहिले म बिरामी छैन। अबको २०–२५ वर्षपछि बुढो हुन्छु। कसैले हतार गरेर हुँदैन। मलाई मेरो उमेर र स्वास्थ्यका कुरा गर्नुपर्दैन। केपी ओलीविनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन,’ उनले भने ।