Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

दिल्ली आईपीएलको 'प्ले अफ' नजिक

दिल्ली आईपीएलको 'प्ले अफ' नजिक

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । इन्डियन प्रियिमयर लिग (आईपीएल) मा दिल्ली क्यापिटलले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ ।

मंगलबार भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई आठ विकेटले हरायो। १६० रनको लक्ष्य पाएको दिल्लीले १३ बल बाँकी रहँदा दुई विकेटको क्षतिमा १६१ रन बनाएको हो।

यो जितसँगै दिल्लीको प्ले अफ प्रवेशको सम्भावना बलियो बनेको छ । दिल्लीका लागि लोकेश राहुलले ५७ रनको योगदान गरे । अक्षर पटेलले २० बलमा ३४ रन जोडे ।

प्रारम्भिक ब्याटर अभिषेक पोरेलले ५१ रन जोडे । लखनउका आइडन म्याक्रमले दुई विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले ६ विकेटको क्षतिमा १५९ रन बनाएको थियो ।

पहिलो १० ओभरमा ८७ रन बनाउँदै १ विकेट गुमाएको लखनउलाई कम योगफलमा सीमित गर्ने क्रममा दिल्लीका मुकेश कुमारले चार ओभरमा ३३ रन खर्चेर चार विकेट लिए ।

लखनउका म्याक्रमले ५२ रन, मिचेल मार्सले ४५ रन र आयुश बडानीले ३६ रन बनाए । दिल्ली ८ खेलमा १२ अङ्कसहित दोस्रो स्थानमा छ भने लखनउ ९ खेलमा १० अङ्कसहित पाँचौँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077