Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

घनश्यामलाई विष्णु रिमालको जवाफ - अरूको टिप्पणी गर्नुभन्दा आफ्नै पार्टी ‘खत्रा’ बनाउनू

घनश्यामलाई विष्णु रिमालको जवाफ - अरूको टिप्पणी गर्नुभन्दा आफ्नै पार्टी ‘खत्रा’ बनाउनू

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले घनश्याम भुसाललाई नेकपा एकीकृत समाजवादीलाई खतरा पार्टी बनाएर देखाउन चुनौती दिएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एकीकृत समाजवादीका महासचिव भुसाललाई यस्तो चुनौती दिएका हुन् । उनले एमालेसहित प्रमुख दलका नेताहरुप्रति टिप्पणी गर्नुभन्दा आफ्नै पार्टीलाई चाहेजस्तो, खोजेजस्तो र सोचेजस्तै खत्रा पार्टी बनाएर देखाउन चुनौती दिए ।

उनले लेखेका छन्– ‘‘ तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि हौ‘ । चल्तिका एक युवा गायकले के सन्देश दिन यो गीत बनाए, त्यो त उनैलाई थाहा होला । तर मलाईचाहिँ आजभोलि चम्कीचम्की, जुल्फी हल्लाई हल्लाई एमाले सहितका प्रमुख दलका नेताहरुप्रति टिप्पणी गर्ने ‘एस’ भनिने ‘त्यस’ पार्टीका महासचिवको ‘फुरफुरी’ले गीत याद आयो ।’

रिमालले भुसाललाई साँच्चिकै महासचिव भएको हो नि रु भन्दै हो भने आफ्नै पार्टीलाई चाहेजस्तो खतरा पार्टी बनाएर देखाए हुन्न भन्दै प्रश्न गरेका छन् ।

उनले भने, ‘महोदय, साँच्चिकै महासचिव भएको हो नि ! हो भने– आफ्नै पार्टीलाई चाहेजस्तै– खोजेजस्तै–सोचेजस्तै खत्रा पार्टी बनाएर देखादिए हुन्न ? अब के को लागि यो ल्याङ, ल्याङ ।’

नेकपा स्थापनाको ७६औँ वर्ष पुरा भएको अवसरमा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै महासचिव भुसालले ‘आई लभ यू होइन, हिसाब देऊ केपी बा भन्नुपर्छ’ भनेर प्रधानमन्त्री ओलीको टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077