Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गर्भावस्थामा पनि महिला कर्मचारीलाई बिदा

गर्भावस्थामा पनि महिला कर्मचारीलाई बिदा

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । अब महिला कर्मचारीहरूले गर्भवती हुने अवस्थामा पनि मातृत्व विशेष बिदा पाउने भएका छन् ।

यो व्यवस्था संघीय निजामती सेवा विधेयकमा समावेश गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. चन्दा कार्की भण्डारीले गर्भधारणको अवस्थामा महिलालाई मातृत्व बिदा दिनुपर्ने आवश्यकता प्रस्तुत गरेकी थिइन् ।

यस प्रस्तावलाई राज्य व्यवस्था तथा सुशासन समितिले स्वीकार गर्दै संघीय निजामती सेवा विधेयकमा समेटेको हो ।

यो कदम महिला कर्मचारीहरूको हक र समर्पणको मूल्याङ्कन गर्दै लिइएको सकारात्मक परिवर्तनको रूपमा हेरिएको छ ।

हाल निजामती ऐनमा महिलालाई सुत्केरी बिदा ६० दिन र पुरुषलाई सुत्केरी स्याहार बिदा १५ दिन रहेको छ । सार्कअन्तर्गत बंगलादेश र भारतले सुत्केरी बिदा छ महीनाको प्रावधानलाई कार्यान्वयनमा ल्याइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077