काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारका कमी कमजोरी र काम गर्ने शैलीलाई सच्याउनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा भएको यातायात व्यवसायीको कार्यक्रममा खड्काले यस्तो बताएका हुन् । सरकारका काम गर्ने शैली बदल्नुपर्ने बताउँदै उनले कांग्रेस र एमालेबीच पूर्वसहमतिअनुसार नै अघि बढ्ने दाबी गरे ।
‘सरकारका कमीकमजोरी सच्याउनुछ, काम गर्ने कुरामा कहीँ तलमाथि भएको छ भने त्यो शैलीलाई बदल्नुछ तर कांग्रेस र एमालेका बीचमा भएको सहमतिको आधारमा हामी जहाँ जानका लागि र जे उद्देश्य प्राप्तिका लागि सहमति गरेका छौं, त्यसमा दायाँबायाँ हुँदैन,’ उनले भने ।
आम नागरिक र कार्यकर्तामा देखिएको असन्तुष्टिलाई सन्तुष्टिमा परिणत गर्न व्यापक व्यापक रणनीति, कार्यनीति र थप नयाँ नीति बनाउँदै एउटा अभियान चलाउनुपर्ने पनि उनले बताए । सभापति फर्किसकेपछि आफूहरु अर्को तरिकाले अघि बढ्ने उनी बताउँछन् ।