Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एनएसएल हेर्न आएका रोबर्टो कार्लोसलाई प्रधानमन्त्रीले दिए जंगल सफारी र माउन्टेन फ्लाइटको निम्तो

एनएसएल हेर्न आएका रोबर्टो कार्लोसलाई प्रधानमन्त्रीले दिए जंगल सफारी र माउन्टेन फ्लाइटको निम्तो

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । मंगलबार नेपाल आएका विश्वचर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले माउन्टेन फ्लाइट र जंगल सफारीको निम्तो दिएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्री ओलीले विश्वकप विजेता फुटबलर कार्लोसलाई माउन्टेन फ्लाइट र जंगल सफारीको योजनासहित अर्कोपटक नेपाल आउन निम्ता दिएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयले भन्यो–‘भेटको क्रममा प्रधानमन्त्रीले माउन्टेन फ्लाइट र जंगल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणको योजना बनाउन निम्तो दिनुभयो । जवाफमा कार्लोसले नेपालमा न्यानो माया पाएको भन्दै समय व्यवस्थापन गर्न सके अर्कोपटक पनि नेपाल आउन चाहने बताउनुभयो ।’

भेटमा प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकअर्कामा सिकाइ आदानप्रदान गर्नुपर्ने पनि बताएका थिए ।

कार्लोस नेपाल सुरपल लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न मंगलबार काठमाडौं आएका हुन् ।

उनले बुधबार दशरथ रंगशालामा हुने एनएसएल २०२५ को दोस्रो क्वालिफायरमा धनगढी र पोखराबीच हुने खेल हेर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077