Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

३७ वर्षपछि हङकङसँग प्रतिस्पर्धा गर्दै नेपाल

३७ वर्षपछि हङकङसँग प्रतिस्पर्धा गर्दै नेपाल

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाल र हङकङबीच आगामी जुन ५ (जेठ २२) मा खेल हुने भएको हो। खेल हङकङको घरेलु मैदानमा हुनेछ।

यो खेल फिफा विन्डोमा हुन लागेकाले आधिकारिक अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हुनेछ।

नेपालले हङकङसँग ३७ वर्षपछि प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि नेपालले सन् १९८८ मा खेलेको थियो।

सो खेल नेपालले हङकङसँग खेलेको एक मात्र औपचारिक खेल हो। हङकङमा भएको उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो। एएफसी एसियन कपको समूह–३ को खेल थियो।

हाल हङकङ फिफा वरीयतामा १५३औं स्थानमा छ भने नेपाल १७५औं स्थानमा रहेको छ।

नेपालले हङकङसँग ३७ वर्षपछि प्रतिस्पर्धा गरेको पाँच दिनपछि जुन १० मा नेपालले एफसी एसियन कप छनोटको खेलमा लाओससँग खेल्नेछ।

लाओससँगको मैदानमा हुने खेल नेपालले एसियन कप छनोटको तेस्रो चरणमा प्रतिस्पर्धा लागेको दोस्रो खेल हो। यसअघि छनोटको पहिलो खेलमा नेपालले मलेसियासँग २–० गोलको हार ब्यहोरेको थियो।

जुनमै श्रीलंकामा साफ च्याम्पियनसिप फुटबल पनि हुने तय छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077