Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

प्रधानमन्त्री ओली र भारतीय विद्युतमन्त्रीबीच भेटवार्ता, संयुक्त लगानी सम्झौता हुन सकेन

प्रधानमन्त्री ओली र भारतीय विद्युतमन्त्रीबीच भेटवार्ता, संयुक्त लगानी सम्झौता हुन सकेन

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले भेट गरेका छन् ।

सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई छिमेकी मुलुकबीचको मित्रवत र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास र सहकार्यका विविध पक्षमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयले भनेको छ–‘पछिल्ला दिनमा दुई देशबीचको ऊर्जा क्षेत्रमा राम्रो सहकार्य विकास हुँदै गएको विषयमा उहाँहरूबीच छलफल भयो । भारतीय मन्त्री खट्टरले अरुण–३ जलविद्युत आयोजना क्षेत्रमा स्थलगत भ्रमण गरी प्रगतिबारे जानकारी लिएको अवगत गराउनुभयो ।’

प्रधानमन्त्रीसँगको भेटमा मन्त्री खट्टरले उक्त आयोजनालाई थप गति दिने बताएका थिए ।

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तव, परराष्ट्र मन्त्रालयका अधिकारी लगायत सहभागी थिए ।

भारतीय विद्युत् र आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरको नेपाल भ्रमाणका अवसरमा दुई ४०० केभी प्रसारण लाइन इनरुवा–पूर्णिया र दोदोधरा–बरेली निर्माण कम्पनी स्थापना गर्न संयुक्त लगानी सम्झौता हुनुपर्ने थियो । तर, दुई मुलुकका कम्पनीबीच कम्पनी स्थापना सम्बन्धी समझदारीपत्र (एमओयू) मा मात्रै हस्ताक्षर भएको छ ।

[insert page='342651' display='yopanipadhnuhos.php']

३० माघ २०८१ मा भारत नयाँ दिल्लीमा नेपाल–भारत सचिव स्तरीय संयुक्त निर्देशक समितिको १२औं बैठकले ४०० केभीको इनरुवा–न्यु पूर्णिया र दोदोधरा–बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापना सम्बन्धी काम गर्ने सहमति गरेको थियो ।

त्यसअनुसार नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड अफ इन्डिया लिमिटेडबीच संयुक्त लगानी सम्बन्धी सम्झौता हुनुपर्ने थियो ।

संयुक्त लगानी कम्पनी स्थापना सम्बन्धी सम्झौताको मस्यौदा तयार नै भए पनि त्यसलाई दुवैतर्फको मन्त्रिपरिषद् स्तरको स्वीकृति चाहिने भएकाले हाललाई एमओयूमा मात्रै हस्ताक्षर भएको विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077