Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

शिक्षामन्त्रीमा रघुजी पन्त, ऊर्जाराज्यमन्त्री कान्छाराम बर्खास्त

शिक्षामन्त्रीमा रघुजी पन्त, ऊर्जाराज्यमन्त्री कान्छाराम बर्खास्त

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त हुने भएका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।

गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । लगत्तै रिक्त पदमा एमालेले पन्तलाई मन्त्री बनाउने भएको हो ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार उनको शपथ भोलि गराउने तयारी छ । पन्त एमालेका समानुपातिक सांसद हुन् ।

यद्यपी शिक्षामन्त्री भट्टराईको राजिनामाका बारेमा सरकारका प्रवक्तादेखि गृहमन्त्रीसम्म अनभिज्ञ नै छन् । आज मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले भट्टराईको राजिनामाका बारेमा सरकारलाई जानकारी नभएको बताएका थिए ।

त्यस्तै गृहमन्त्री रमेश लेखकले पनि सञ्चारकर्मीहरुसँग छोटो प्रतिकृया दिंदै भट्टराईको राजिनामाका बारेमा आफू अनभिज्ञ रहेको बताएका थिए ।

यसैबीच प्रधानमन्त्री ओलीले ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन् ।

तामाङले गृहमन्त्रीले केही समयघि राजीनामा दिनुस् भनेर फोन गरेको र राजिनामा दिन्न भनेपछि अहिले हटाएको खबर आएको बताएकाक छन् ।

विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने विषयलाई लिएर मन्त्री तामाङ र ऊर्जामन्त्री दीपक खड्काबीच खटपट थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077