Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

बजेट निर्माण जुट्यो सुदूरपश्चिम प्रदेश सरकार

बजेट निर्माण जुट्यो सुदूरपश्चिम प्रदेश सरकार

बुधवार , बैशाख १०, २०८२

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा कार्यलाई तीव्रता दिएको छ ।

सोहीअनुसार बुधवार मुख्यमन्त्री कमलबहादुर शाहले सरकारका मन्त्री, राज्यमन्त्री, प्रदेश नीति तथा योजना आयोगका पदाधिकारी र सचिवसँग छलफल गरेका हुन् ।

सो अवसरमा मुख्यमन्त्री शाहले प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने नीतिगत सुधार र प्राथमिकता क्षेत्र पहिचान गर्न निर्देशन पनि दिए ।

उनले १५ दिन भित्र प्रतिवेदन तयार पारेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्न मातहत मन्त्रालयलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077