काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई बधाई दिँदै विष्यका लागि आशा जगाउन सक्ने सम्भावना बोकेको राजनीतिज्ञ भनेका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो भनेका हुन् । उनले रघुजी वर्तमानमा प्रभावकारी खेल्न सफल र भविष्यका लागि आशा जगाउन सक्ने सम्भावना बोकेको राजनीतिज्ञ भएको बताए ।
अहिलको चुनौतीपूर्ण अवस्थालाई सामना गर्दै शिक्षालाई सुधारको दिशामा अघि बढाउन सफलता मिलोस् भन्दै पोखरेलले शुभकामना समेत दिए ।
उनले राजनीतिज्ञलाई उसको विगतमा नभई वर्तमानमा खेलिरहेको भूमिकाका आधारमा मुल्यांकन गर्नुपर्नेमा जोड दिँदै भविष्यमा खेल्न सक्ने भूमिकालाई आधार बनाएर जिम्मेवारी प्रदान गनुपर्ने बताए ।
महासचिव पोखरेलले लेखेका छन्,'अनुभवी राजनीतिज्ञ रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री हुनुभएकोमा हार्दिक बधाई । उहाँको नियुक्तिसंगै पुराना सन्दर्भहरु कोट्याउने प्रयास भइरहेको छ । राजनीतिज्ञलाई उसको विगतमा होइन, वर्तमानमा खेलिरहेको भूमिकाका आधारमा मुल्यांकन गर्नु पर्दछ र भविष्यमा खेल्ने सक्ने भूमिकालाई आधार बनाएर जिम्मेवारी पर्दान गर्नु पर्दछ ।'