Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

राप्रपा प्रवक्ता श्रेष्ठको अपिल - रवीन्द्रलाई ‘बलिको बोको’ बनाउने प्रपञ्च हुँदैछ, सबैले पक्षमा बोलिदिनु पर्‍यो

राप्रपा प्रवक्ता श्रेष्ठको अपिल - रवीन्द्रलाई ‘बलिको बोको’ बनाउने प्रपञ्च हुँदैछ, सबैले पक्षमा बोलिदिनु पर्‍यो

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ‘बलिको बोको’ बनाउने प्रपञ्च भइरहेको आरोप लगाएका छन् ।

बुधबार साँझ फेसबुकमा एक लामो स्ट्याटस राख्दै श्रेष्ठले यस्तो आरोप लगाएका हुन् । उनले मिश्रलाई ‘बलिको बोको’ बनाउने प्रपञ्च भइरहेको भन्दै उनका पक्षमा बोलिदिन आग्रह गरे ।

‘रवीन्द्र मिश्रसँग चिनजानको लामो समय भएपनि राप्रपामा सँगै काम गरेपछि सम्बन्ध थप मजबुत, घनिष्ठ र निकट हुन पुग्यो,’ श्रेष्ठले लेखेका छन्,‘उहाँ आपराधिक मनोवृत्तिका र आपराधिक पृष्ठभूमिका व्यक्ति होइनन् भन्ने सबैलाई थाहै छ।’

मिश्रमा ‘देश बचोस् र देश बनोस् भन्ने हुटहुटीबाहेक अर्को स्वार्थ छ जस्तो पनि कहिल्यै नलागेको’ उनले दाबी गरेका छन्।

त्यसैले घटनाको निष्पक्ष न्यायिक छानबिनको माग गरिरहेको रहेको बताएका छन्। ‘रवीन्द्र जीहरूलाई बलिको बोको बनाउने प्रपञ्च भइराखेको छ,’ उनले अगाडि लेखेका छन्, ‘यसको पटाक्षेप हुनपर्छ। निष्पक्ष व्यक्ति, निष्पक्ष संस्था र निष्पक्ष समूहहरूले रवीन्द्रजीहरूको पक्षमा बोलोस्, लेखोस् भन्ने अपेक्षा छ र रहनेछ।’

यस्तै चैत १५ गतेको तीनकुने घटना केवल भवितव्य मात्रै नभई सुनियोजित थियो भन्ने आफ्नो दाबी रहेको श्रेष्ठ बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077