Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दशरथ रंगशालामा कार्लोसले हाने पाँच 'फ्रि-किक', गरे दुई गोल !

दशरथ रंगशालामा कार्लोसले हाने पाँच 'फ्रि-किक', गरे दुई गोल !

बिहिवार , बैशाख ११, २०८२

काठमाडौं । हिजो धनगढी एफसी र पोखरा थण्डर्सबीचको म्याच हेर्न दशरथ रंगशाला पुगेका ब्राजिलियन लिजेण्ड फुटबलर रोबर्टो कार्लोसले फ्रि-किक हानेका छन् ।

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बुधबारको क्वालिफायर टू म्याच हेर्न दशरथ रंगशालमा उपस्थित भएका ब्राजिलियन फुटबलर कार्लोसले फ्रि-किक हानेका हुन् ।

उनले खेलको हाफ टाइममा फ्रि-किक हाने । ललितपुर सिटी एफसीका गोलकिपर समित श्रेष्ठले गोलपोष्ट सम्हालेका थिए । उनले पाँच ओटा फ्रि-किक हाने ।

जसमा दुई गोल गरे । उनको दुई प्रहार समितले रोके । एउटा प्रहार भने बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077