Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

एमाले अछामको नवौं अधिवेशनको लोगो सार्वजनिक

एमाले अछामको नवौं अधिवेशनको लोगो सार्वजनिक

बिहिवार , बैशाख ११, २०८२

अछाम । नेकपा एमाले अछामले वैशाख १३ देखि १५ गतेसम्म मंगलसेनमा हुने नवौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ ।

बुधबार जिल्ला पार्टी कार्यालयमा एक कार्यक्रमकाबीच एमाले केन्द्रीय कमिटी सदस्य यज्ञ बोगटीले अधिवेशनको लोगो सार्वजनिक गरेका हुन् । लोगोमा अछाम दरबार, वैद्यनाथ धाम, पञ्चदेवल, रामारोशन लगायतका ठाउँहरुलाई समेटिएको छ ।

जिल्ला अधिवेशनमा चार सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । यसअघि जिल्लाका सबै वडाबाट प्रतिनिधि छनोट गरिएको थियो । यहाँ नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट हटाइएपछि पहिलो पटक जिल्ला अधिवेशन हुन लागेको हो ।

एमाले जिल्लाको नेतृत्वका लागि आठ जनाले दाबी गरेका छन् । हालसम्म वर्तमान जिल्ला अध्यक्ष चन्द्र वोहरा, सचिव भीम रावल 'कालोटोपी', शिवप्रसाद उपाध्याय, वमबहादुर विसी, हिरण्ड भट्टराई, डिवि साउद, पूर्व पार्टी सचिव डिवि साउद, तिलक कुँवरको नाम बढी चर्चामा रहेको छ ।

सहमतिको सम्भावना न्यून रहेका कारण यहाँ चुनाव हुने नेताहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077