Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै

बिहिवार , बैशाख ११, २०८२

काठमाडौं । राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बिहीबार दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्न लागेको हो ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भूमिका तथा सांगठनिक गतिविधिबारे छलफल हुनेछ ।

तिनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेका आस्थाका बन्दीहरूको रिहाइबारे बैठकमा छलफल हुने राप्रपा नेपालले जनाएको छ।

तिनकुने घटनाबारे निष्पक्ष न्यायिक छानबिन आयोग गठन नभएकोप्रति राप्रपा नेपालले विरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077