Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिक्षक आन्दोलनको फरक दृष्य : नाराबाजी, नाचगान र जादु छोडेर रक्तदान

शिक्षक आन्दोलनको फरक दृष्य : नाराबाजी, नाचगान र जादु छोडेर रक्तदान

बिहिवार , बैशाख ११, २०८२

काठमाडौं । चैत २० गतेदेखि शैक्षिक हड्ताल गरेर आन्दोलनमा उत्रिएका सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरुले आज सडकमै रक्तदान कार्यक्रम गरेका छन् ।

उनीहरुले विहीबार बिहान बबरमहल–नयाँबोनश्वर सडकखण्डमा रक्तदान कार्यक्रम गरेका हुन् ।

यसअघि उनीहरुले शिक्षा ऐन जारी गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी गर्ने, सडकमै नाचगान गर्ने, भजन गाउने, जादु देखाउने गर्दै आएका थिए । तर, आज भने रक्तदान कार्यक्रम गरेका हुन् ।

शिक्षक र कर्मचारीमैत्री एन जारी गर्न माग गर्दै उनीहरु चैत २० गतेदेखि निरन्तर आन्दोलनमा छन् । शिक्षक महासंघको अगुवाइमा जारी आन्दोलनका लागि देशभरका शिक्षकहरु काठमाडौंमा भेला भएका छन् ।

उनीहरुको आन्दोलनले नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यालय भर्ना र पढाइ सुरु हुन सकेको छैन । आज वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा पनि सारेर वैशाख २१ गते पुर्‍याइएको छ ।

गतचैतमा भएको एसईई परीक्षाको उत्तरपुस्तिका समेत परीक्षण सुरु नहुँदा नतिजा ढिलो प्रकाशित हुने सम्भावना छ ।

यता, नेपाल शिक्षक महासंघले अफवाह र हल्लाको पछि नलागेर आन्दोलनलाई निरन्तरता दिन आग्रह गरेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले महासंघको तर्फबाट आएका विषयलाई मात्र पत्याउन आग्रह गरेका छन् ।

सुवेदीले सामाजिक सञ्जालमा भनेका छन्–‘बजार हल्ला र अफवाहमा भर नपर्नुहोला । आन्दोलनमा उत्साहका साथ डटिरहनुहोला । यसपटक नेपाली शिक्षक कर्मचारीले नयाँ इतिहास रच्नु छ ।’

सुवेदीले आन्दोलनकै क्रममा आज रक्तदान कार्यक्रम राखिएकाले बढीभन्दा बढी शिक्षकलाई रक्तदान गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077