Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आन्दोलन छाडेर वार्तामा आवासीय चिकित्सक, स्वास्थ्य मन्त्रालयमा वार्ता जारी

आन्दोलन छाडेर वार्तामा आवासीय चिकित्सक, स्वास्थ्य मन्त्रालयमा वार्ता जारी

बिहिवार , बैशाख ११, २०८२

काठमाडौं । नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकका प्रतिनिधिहरुले स्वास्थ्य मन्त्रीसँग वार्ता सुरु गरेका छन् । वार्ता मन्त्रालयमा जारी छ ।

वार्तामा स्वास्थ्यमन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की, आवासीय चिकित्सकले गठन गरेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक शेषराज घिमिरे, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. मंगल रावल लगायत छन् ।

सरकारी सरह निर्वाह भत्ता माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरुले आज बिहान पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए ।

उनीहरुले शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । निजी मेडिकल कलेजले निर्वाह भत्ता नदिएसम्म नियमित चिकित्सकीय सेवा पूर्णरूपमा बन्द रहने आवासीय चिकित्सक बताउँछन् ।

चिकित्सा शिक्षा आयोगको २५ माघमा बसेको १६ औं बैठकले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निजी मेडिकल कलेजलाई निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजले निर्देशन अवज्ञा गरेपछि आवासीय चिकित्सकहरुले अझै कडा आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077