Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राजस्थानलाई हराउँदै आईपीएलको तेस्रो स्थानमा उक्लियो आरसिबी

राजस्थानलाई हराउँदै आईपीएलको तेस्रो स्थानमा उक्लियो आरसिबी

शुक्रवार , बैशाख १२, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले राजस्थान रोयल्सलाई ११ रनले हराएको छ ।

दुई सय ६ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर एक सय ९४ रन मात्रै बनाएपछि बेङ्गलुरु ११ रनले विजयी भएको हो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेङ्गलुरुले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो ।

बेङ्गलुरु नौ खेलमा १२ अङ्कसहित अङ्कतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान नौ खेलमा ४ अङ्क मात्र जोडेको राजस्थान तालिकाको आठौं स्थानमा छ ।

१० टोली सहभागी आईपीएलमा गुजरात टाइटन्स आठ खेलमा १२ अङ्कसहित पहिलो र समान आठ खेलमा १२ अङ्कसहित रनरेटका आधारमा दिल्ली क्यापिटल्स दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077