Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

धनगढी ग्रासरुट क्रिकेट फ्रेन्डसिप सिरिज : दोस्रो खेलमा चन्द्रोदयको रोमाञ्चक जित

धनगढी ग्रासरुट क्रिकेट फ्रेन्डसिप सिरिज : दोस्रो खेलमा चन्द्रोदयको रोमाञ्चक जित

शुक्रवार , बैशाख १२, २०८२

धनगढी । धनगढी उपमहानगरपालिका र गो ड्रिमर्सको सहकार्यमा सञ्चालन भइरहेको ग्रासरुट क्रिकेट विकास कार्यक्रम अन्तर्गत जारी ‘ग्रासरुट क्रिकेट फ्रेन्डसिप सिरिज’को बिहीबार सम्पन्न दोस्रो पुरुष खेलमा चन्द्रोदय माध्यमिक विद्यालय फूलबारीले रोमाञ्चक जित दर्ता गरेको छ।

सिद्धनाथ मा।वि। जुगेडाको खेल मैदानमा सम्पन्न खेलमा चन्द्रोदयले जुगेडालाई १ विकेटले पराजित गरेको हो। खेलमा टस जितेर पहिले बलिङ रोजेको चन्द्रोदयलाई जुगेडाले ७९ रनको लक्ष्य दिएको थियो। चन्द्रोदयले अन्तिम २ बल बाँकी छँदै लक्ष्य पूरा गर्दै रोमाञ्चक जित हात पार्‍यो।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै चन्द्रोदयका क्षितिज थापा १८ बलमा २७ रन बनाउँदै प्लेयर अफ द म्याच घोषित भए।

खेलपछि चन्द्रोदय मा।वि। फूलबारीका प्रशिक्षक देव नारायण झाले भने, “यो सिरिज केवल खेल मात्र होइन, मैत्री, सिप र आत्मविश्वासको यात्रासमेत हो। आउनु होस् क्रिकेट खेल्न इच्छुक तपाईका नानी बाबुहरूलाई जुगेडा र फूलबारी सेन्टरमा पठाउनुहोस् यहाँ निःशुल्क क्रिकेट प्रशिक्षण हुन्छ ।”

साथै, फ्रेन्डसिप सिरिज खेल् नपाउँदा खेलाडीहरू उत्साहित देखिन्छन् भने यस शानदार प्रदर्शनको लागि चन्द्रोदय टिमलाई धनगढी ग्रासरुट क्रिकेट विकास कार्यक्रम परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077