काठमाडौं । निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी प्रतिष्ठान सरह नै निर्वाह भत्ता उपलव्ध गराउनुपर्ने माग गर्दै सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुले ओपीडी सेवा ठप्प पारेका छन् ।
बिहीबार नेपाल चिकित्सक संघले आकस्मिक र सघन उपचार बाहेका सेवा बहिस्कार गर्न आह्वान गरेको थियो । जसका कारण काठमाडौं उपत्यकाका सरकारी अस्पतालमा आज ओपीडी सेवा प्रभावित भएको छ ।
वीर अस्पतालका आवासीय लगायतका अन्य सिनियर चिकित्सक आन्दोलनमा साथ दिनका लागि माइतीघर मण्डला पुगेका छन् । जसका कारण ओपीडी सेवा सञ्चालन भएको छैन ।
वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले शुक्रबार ओपीडी सेवा सञ्चालन गर्न नसकिएको बताए । शर्माका अनुसार भर्ना भएका र आकस्मिक रुपमा आएका बिरामीलाई जसोजतो सेवा दिइएको छ ।
वीर अस्पतालमा दैनिक दुई हजारभन्दा बढीले ओपीडी सेवा लिने गरेका छन् । राष्ट्रिय ट्रमा सेन्टरको ओपीडी सेवा पनि पूर्णरुपमा अबरुद्ध भएको छ । अस्पतालका निर्देशक डा। बद्रि रिजालले भने–‘अप्रेशन कक्षमा पनि आकस्मिक बाहेकका अन्य सेवा दिनचिकित्सकहआवासीय चिकित्सक सचिचिकित्सकहआवासीय चिकित्सककित्सकहआवासीय चिकित्सककिएको छैन ।’
त्यस्तै कान्ति बाल अस्पतालमा पनि ओपीडी सेवा बन्द भएको छ । अस्पतालका निर्देशक डा. पंकज रायका अनुसार आवासीय चिकित्सकले सेवा बहिस्कार गरेका छन् । ‘चिकित्सकले सेवा बहिष्कार गर्दा सेवा प्रभावित भएको छ ।
पाटन अस्पतालका आवासीय चिकित्सकले सेवा बहिष्कार गरेपनि अन्य चिकित्सकको सहायताले सेवा सञ्चालन गरिएको निर्देशक डा. रवि शाक्यले बताएका छन् ।
नेपाल चिकित्सक संघको आह्वानमा आज ओपीडी सेवा बहिस्कारको घोषणा गरिएको हो । आन्दोलनरत चिकित्सक अहिले माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरिरहेका छन् ।
सरकारी अस्पतालमा काम गर्ने आवासीय चिकित्सकले ४८ हजार रुपैयाँ पाउँछन् । निजी मेडिकल कलेजहरूमा त १८÷२० हजार रूपैयाँमै काम गर्नुपर्ने बाध्यता छ । त्यसमा पनि उनीहरू तीन–चार महिनासम्म तलब नपाउने समस्या छ ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी सरह भत्ता नदिए निजी मेडिकल कलेजलाई सहयोग नगर्ने चेतावनी दिइसकेका छन् ।
‘निजी मेडिकलले ४८ हजार निर्वाह भत्ता कार्यावन्यन नगरेसम्म मन्त्रालयसँग सरोकार रहेका कुनै पनि काम अगाडी बढ्दैन,’ मन्त्री पौडेलले हिजो चिकित्सकहरुसँग भएको छलफलमा भनेका थिए–‘निजी मेडिकल सञ्चालकले यस विषयमा थप तर्क गरिराख्न पर्दैन।’