काठमाडौं । आन्दोरत शिक्षक महासंघका प्रतिनिधिहरु सरकारसँग वार्ताका लागि सिंहदरबार प्रवेश गरेका छन् ।
२४ दिनयता काठमाडौंमा आन्दोलनरत शिक्षकहरूको २५ जनाको टोली सिंहदरबार छिरेको हो । टोलीमा शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितका छन् ।
शिक्षा मन्त्रीको निजी सचिवालयले २५ जनालाई पास उपलब्ध गराएपछि शिक्षकहरुरुको टोली सिंहदरबार प्रवेश गरेको हो ।
शिक्षक महासंघको नेतृत्वमा भइरहेको आन्दोलनबीच शुक्रबार दुई पक्षबीच वार्ता हुने भएको छ । उक्त वार्ताको नेतृत्व शिक्षामन्त्री पन्तले गर्ने भएका छन् ।
आन्दोलनको २४ दिनपछि विभागीयमन्त्री र शिक्षकहरूबीच औपचारिक वार्ता हुन लागेको हो ।
यसअघि वैशाख ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक महासंघका प्रतिनिधिसँग वार्ता गरेका थिए । त्यसयता शिक्षक र सरकारबीच संवादहीनताको अवस्था छ ।
तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले वैशाख २ गते सभामुख देवराज घिमिरेसहितसँग संसदमा अड्किएको शिक्षा विधेयक पास गर्ने विकल्पबारे संवाद गरेकी थिइन् ।