Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एनएसएलको विजेतालाई ८० लाख !

एनएसएलको विजेतालाई ८० लाख !

शुक्रवार , बैशाख १२, २०८२

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२६ को विजेताले ८० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टले एनएसएलको विजेताले ८० लाख रुपैयाँ पुरस्कार पाउने जानकारी दिएको हो ।

एनएसइएमका निर्देशक श्रेयांश कार्कीका अनुसार, उपविजेता टिमले भने ३० लाख रुपैयाँ पाउनेछ ।

अघिल्लो सिजन विजेतालाई ७० र उपविजेतालाई २० लाख रुपैयाँ पुरस्कार दिइएको थियो । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, वेष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, इमर्जिङ प्लेअर र इनर्जेटिक प्लेअर अफ दि सिजन अवार्ड प्रदान गरिने निर्देशक कार्कीले बताए ।

तेस्रो संस्करणको एनएसएलको उपाधिका लागि शनिबार साँझ ६ बजे त्रिपुरेश्वस्थित दशरथ रंगशालामा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्स भिड्दै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077