Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आईपीएल : चेन्नईको सातौं हार, हैदराबाद ५ विकेटले विजयी

आईपीएल : चेन्नईको सातौं हार, हैदराबाद ५ विकेटले विजयी

शनिवार , बैशाख १३, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्सलाई ५ विकेटले हराएको छ ।

हिजो भएको खेलमा जीतका लागि एक सय ५५ रनको लक्ष्य पछ्याएको हैदराबादले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो ।

उसका इशान किसनले सर्वाधिक ४४ रन बनाए । चेन्नईका नुर अहमदले दुई, खलिल अहमत, अन्सुल कम बोज र रविन्द्र जडेजाले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले १९ ओभर ५ बलमा अलआउट हुँदै एक सय ५४ रन बनाएको थियो ।

उसका डिवाल्ड ब्रेभिसले सर्वाधिक ४२ रन जोडे । हैदराबादका हर्षल पटेलले चार तथा प्याट कमिन्स र जयदेव उनादकटले दुईरदुई विकेट लिए ।

नौ खेलमा चेन्नईको यो सातौं हार हो । चेन्नई चार अङ्कसहित पुछारमा छ । यो हारसँगै महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई प्लेअफमा नपुग्ने भएको छ । हैदराबाद समान नौ खेलमा ६ अङ्कसहित तालिकाको आठौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077