Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आन्दोलनको २५औं दिन : निषेधित क्षेत्र तोड्ने प्रयासमा शिक्षकहरु

आन्दोलनको २५औं दिन : निषेधित क्षेत्र तोड्ने प्रयासमा शिक्षकहरु

शनिवार , बैशाख १३, २०८२

काठमाडौं । गत चैत २० गतेदेखि निरन्तर काठमाडौंको माइतीघर–नयाँ बानेश्वर सडकमा आन्दोलन गरिरहेका शिक्षकहरुले आज भने क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् ।

माइतीघर–बबरमहल हुँदै नयाँ बानेश्वर क्षेत्र अघि बढेका शिक्षकले बानेश्वरको निषेधित क्षेत्र तोड्ने प्रयास गरेका हुन् ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोकेको छ ।

शिक्षकहरूले शैक्षिक हड्ताल गरेर काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको २५ दिन पुगेको छ ।

लामो समय सार्वजनिक शिक्षा प्रभावित भएपछि सरकारले माग सम्बोधनका लागि केही तदारुकता देखाएको छ ।

आज बिहानमात्रै सिंहदरबारमा वार्ता पनि भएको थियो । तर, वार्ता निष्कर्षमा पुगेको छैन ।

यसअघि बिहीबार सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी तीनभित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिइसकेको छ ।

हिजो पनि वार्ताका लागि भनेर सिंहदरबार पुगेका शिक्षकको टोली शिक्षामन्त्रीलाई नभेटी फर्केको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077