काठमाडौं । रूपन्देहीको रोहिणी गाउँपालिकाले आइतबारदेखि अनिवार्य विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।
विद्यालय सञ्चालन नभए शिक्षक र कर्मचारीलाई कारबाही गर्ने पालिकाले चेतावनी दिएको छ ।
पालिकाभित्रका सबै सरकारी विद्यालयका शिक्षक र कर्मचारीलाई २०८२ वैशाख १४ गतेदेखि विद्यालयमा अनिवार्य उपस्थित हुन सूचनामार्फत निर्देशन दिइएको हो ।
गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले १४ गतेदेखि शिक्षकलाई अनिवार्य रुपमा उपस्थिति भई नतिजा प्रकाशन, विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण लगायत कार्यसहित नियमित रुपमा पठनपाठन अगाडि बढाउन निर्देशित दिएका छन् ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा गत चैत २० गतेदेखि शिक्षक, कर्मचारी निरन्तर आन्दोलनमा छन् ।