काठमाडौं । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा शनिबार बिहान आगलागी भएको छ ।
मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा सर्ट सर्किट भइ आगलागी हुँदा तीन करोड बराबरको क्षति भएको अस्पतालले जनाएको छ ।
अस्पतालको मेडिकल स्टोरमा आगलागी हुँदा करिब तीन करोडभन्दा बढीको बहुमूल्य औषधी लगायत जलेर नष्ट भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले बताएका छन् ।
क्षतिको विवरण संकलन भइरहेकाले आइतबारसम्म मात्रै क्षतिको यकिन विवरण उपलब्ध गराउन सकिने उनले बताए ।