Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिक्षक आन्दोलन रोक्न गगन-विश्वको सुझाव : सरकारले शिक्षा ऐन अधिवेशनबाट लागू गर्नुपर्छ

शिक्षक आन्दोलन रोक्न गगन-विश्वको सुझाव : सरकारले शिक्षा ऐन अधिवेशनबाट लागू गर्नुपर्छ

शनिवार , बैशाख १३, २०८२

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता असफल भएपछि शिक्षक महासंघको टोलीसँग नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले छलफल गरेका छन्।

पार्टी सभापति शेरबहादुर देउवासहितले शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरणमा लाग्न दिएको जिम्मेवारी स्वरुप थापा र शर्माले शनिबार पनि शिक्षक महासंघका नेताहरूसँग छलफल गरेका थिए ।

गत चैत २० गतेदेखि काठमाडौंमा आन्दोलन गरिरहेका शिक्षकहरूसमक्ष नेपाली कांग्रेसका सहमति गर्नेगरी फर्मुला अघि सारेका छन् ।

सो छलफलको क्रममा उनीहरूले अदालतले दिएको तीन दिनको समयसीमाभित्र सहमति गरेर विद्यालय फर्कनका लागि सरकार र महासंघ दुवै गम्भीर हुनुपर्ने बताए ।

महामन्त्री शर्माका अनुसार, यसका लागि दुई वटा फर्मुला अघि सारिएको छ ।

पहिलो, सरकार एक कदम अघि बढ्ने ।

दोस्रो, शिक्षकहरू एक कदम पछि हट्ने ।

महामन्त्री विश्वप्रकाशले भने,‘सरकार पनि एक स्टेप अगाडि सरोस्, मिलाउन तयार हुनुपर्छ । शिक्षक महासंघ पनि एक कदम पछि हटेर सहमतिमा पुग्नुपर्छ । हामी दुई भाइको यही फर्मुला हो । दुई दिनभित्र मिलाउनेगरी अघि बढौं भनेर कुरा गरेका हौं ।’

शिक्षकहरूले पनि शत प्रतिशत स्थायी गर्नुपर्ने, काठमाडौं केन्द्रित आन्दोलन रोक्नुपर्ने, कक्षा १२ को परीक्षामा संवेदनशील हुनुपर्ने लगायतका विषयमा गम्भीर बन्नुपर्ने महामन्त्रीद्वय शर्मा र थापाको भनाइ छ ।

सरकारले पनि ऐन जारी गर्ने विषयमा मानसिकता परिवर्तन गरेर यही अधिवेशनबाट लागू हुनेगरी काम गर्नुपर्ने दुवै महामन्त्रीको तर्क छ ।

शनिबारको छलफलमा शिक्षक महासंघका नेताहरूले पनि सवंपक्षीय छलफल गरेर टुंग्याउने दिशातिर लाग्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077