Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

काठमाडौं महानगरपालिकामा आइतबार शोक बिदा

काठमाडौं महानगरपालिकामा आइतबार शोक बिदा

शनिवार , बैशाख १३, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार शोक बिदा दिने निर्णय गरेको छ ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै काठमाडौं नगर पञ्‍चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा महानगरले शोक बिदा दिने निर्णय गरेको हो ।

अत्यावश्यक सेवा बाहेक काठमाडौं महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक बिदा रहने सूचनामा उल्लेख छ ।

लामो समयदेखि प्रोस्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका डंगोलको गए राति सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077