काठमाडौं । नेपाल प्रहरीले आठौँं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनल खेलमा प्रहरीले ६ पटकको उपाधि विजेता एपीएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो ।
प्रहरीले २५–१५, २५–२३ र २५–१६ स्कोर गर्दै उपाधि सुनिश्चित ग¥यो । प्रहरीकी कमला पुन ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । एपीएफ सुरुका पाँच संस्करण र सातौँ संस्करणको विजेता हो । छैटौँ संस्करणको उपाधि न्यु डायमन्डले जितेको थियो ।
योसँगै विजेताले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजार प्राप्त गरेको छ । यसैगरी तेस्रो हुनेले रु एक लाख २५ हजार नगद पुरस्कार प्राप्त ग¥यो ।
प्रहरीकी कामना विष्ट सर्वोत्कृष्ट खेलाडी घोषित भइन् ।