Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

सरकार ढल्ने हल्ला बढ्दै गएपछि ओली र देउवाबीच बालुवाटारमा दुई घण्टा वार्ता

सरकार ढल्ने हल्ला बढ्दै गएपछि ओली र देउवाबीच बालुवाटारमा दुई घण्टा वार्ता

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शनिबार राति उनीहरुबीच दुई घण्टा भेटवार्ता भएको हो । सरकार ढल्ने हल्ला बढेपछि प्रधानमन्त्री ओली र सभापति देउवा वार्तामा बसेका थिए ।

भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको बताइएको छ । नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

साथै उनीहरुबीच समसामयिक राजनीति, बजेट अधिवेशनलाई प्रभावकारी बनाउने, शिक्षक आन्दोलनको विषयमा छलफल भएको बताइएको छ ।

छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक सहभागी  थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077