Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

आजदेखि अण्डाको नयाँ मूल्य, प्रतिक्रेट कति पुग्यो ?

आजदेखि अण्डाको नयाँ मूल्य, प्रतिक्रेट कति पुग्यो ?

आइतवार , बैशाख १४, २०८२

चितवन । पछिल्लो समय निरन्तर घट्दै गएको अण्डाको मूल्य विस्तारै बढ्न थालेको छ । लागत मूल्यसमेत नपाउँदा चिन्तित किसानले मूल्यवृद्धिपछि केही राहत महसुस गरेका छन्।

गत वर्ष प्रतिक्रेट (३० गोटा) ५२५ रुपैयाँसम्म पुगेको अण्डाको मूल्य घटेर ३५० रुपैयाँमा झरेको थियो । अहिले मूल्य बढेर ४५० रुपैयाँ पुगेको छ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) ४३० रुपैयाँ, मध्यमको ३८० रुपैयाँ र ‘एक्सएल’ को ४५० रुपैयाँ कायम गरिएको छ।

यसअघि ठूलो अण्डाको मूल्य ३५० रुपैयाँमा झरेको थियो। सङ्घको शनिबारको छलफलले मूल्यवृद्धिको निर्णय गरेको उनले बताए।

एक्सएल अण्डाको फार्म मूल्य प्रतिपेटी (सात क्रेट) ३१४० रुपैयाँ, ठूलो अण्डाको ३००० रुपैयाँ र मध्यमको २६५० रुपैयाँ कायम गरिएको छ। यसले किसानलाई केही राहत मिल्ने उनको भनाइ छ।

नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६.५६ रुपैयाँ छ। अण्डाको मूल्य उच्च हुँदा ठूलो अण्डा प्रतिपेटी ३६७५ रुपैयाँसम्म पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077