Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्थानीय तहहरूलाई महासंघले भन्यो - धम्क्याउने र राजीनामा दिन दबाब दिनेजस्ता कार्य नगर्नू

स्थानीय तहहरूलाई महासंघले भन्यो - धम्क्याउने र राजीनामा दिन दबाब दिनेजस्ता कार्य नगर्नू

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनरत शिक्षकहरूलाई नधम्क्याउन स्थानीय तहहरूलाई आग्रह गरेको छ ।

महासंघले विज्ञप्ति जारी गरी काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलनमा सहभागी भएका प्रधानाध्यापक तथा कर्मचारीलाई धम्क्याउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिनेजस्ता कार्य नगर्न आग्रह गरेको हो ।

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापा महासचिवको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा अगाडि भनिएको छ, 'संविधान प्रदत्त सामूहिक सौदावाजीको अधिकार उपयोगप्रति सम्मान गरी यस्ता कार्य नगर्न/नगराउन सबै स्थानीय तहहरूलाई आग्रह गर्दे यो परिस्थितिबाट विचलित नहुन सबै शिक्षक-कर्मचारी साथीहरूमा अनुरोध गर्दछौँ।'

२०८१ माघ २० गतेदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौँका सडकमा प्रदर्शन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077