Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भेरी अस्पतालको मेडिकल स्टोरमा आगो लाग्दा आकस्मिक बाहेकका सेवा दुई दिन बन्द

भेरी अस्पतालको मेडिकल स्टोरमा आगो लाग्दा आकस्मिक बाहेकका सेवा दुई दिन बन्द

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी हुँदा आइतबार र सोमबार आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।

अस्पतालको मेडिकल स्टोरमा शनिबार बिहान आगलागी भएको थियो ।

मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा सर्ट सर्किट भइ आगलागी हुँदा तीन करोड बराबरको क्षति भएको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले शनिबार भएको आगलागीका कारण आज र भोलि दुई दिन ओपीडीमा बिरामी जाँच र ल्याब सेवाको काम बन्द गरिएको जानकारी दिएका छन् ।

आगलागीबाट ओपीडी भवन, मेडिकल स्टोर र फार्मेसीमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077