Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सहकारी ठगीमा पक्राउ परेकी सांसद राईलाई म्याद थपका लागि अदालत उपस्थित गराइँदै

सहकारी ठगीमा पक्राउ परेकी सांसद राईलाई म्याद थपका लागि अदालत उपस्थित गराइँदै

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । सहकारी ठगीमा पक्राउ परेकी सांसद माया राईलाई म्याद थपेर अनुसन्धान गरिने भएको छ ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद राईविरुद्ध म्याद थप गरेर अनुसन्धान गरिने भएको हो ।

शनिबार राति आफ्नै निवास कपनबाट पक्राउ परेकी राईलाई म्याद थपका लागि आइतबार काठमाडौं जिल्ला अदालत उपस्थित गराइँदै छ ।

आइतबार म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यसअघि, दुई महिना लामो अनुसन्धान सकेर परिसर काठमाडौंले राई समेतका व्यक्तिलाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।

उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको थियो ।

राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा समेत कार्यरत थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077