Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२५ दिनसम्म सम्यमता अपनाएका शिक्षकहरुले आज किन प्रहरीमाथि बर्षाए ढुंगा ?

२५ दिनसम्म सम्यमता अपनाएका शिक्षकहरुले आज किन प्रहरीमाथि बर्षाए ढुंगा ?

आइतवार , बैशाख १४, २०८२

आन्दोलनको २५ दिनसम्म सम्यमता अपनाएका शिक्षहरुको हातमा अज भने ढुंगा देखियो । २६औं दिनमा आइपुग्दा शिक्षक आन्दोलन आज तनावग्रस्त बनेको हो ।

आन्दोलित शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोज्दै ढुंगा हानेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको छ । आन्दोलनका क्रममा केही शिक्षकहरु घाइते भएका छन् ।

सधैँ झैँ माइतीघरबाट भेलिएर आएका शिक्षकहरू बानेश्वरबाट संसद भवनतर्फ अघि बढ्न खोजेका थिए । सो क्रममा प्रहरीले पछाडि हट्न अनुरोध गर्‍यो ।

लगत्तै आन्दोलनकारी शिक्षकहरू सडक पेटीका ढुंगा टिप्दै प्रहरीमाथि प्रहार गर्न थालेको प्रहरीहरु बताउँछन् । प्रहरीले नियन्त्रण गर्न पानीको फोहरा हानेको छ ।

शिक्षा ऐनलाई बटमलाइन बनाएर शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरुले चैत २५ गतेदेखि शैक्षिक आमहड्ताल घोषणा समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077