एजेन्सी । इंग्लिस प्रिमियर लिगको उपाधि लिभरपुलले जितेको छ।
सिजनको चारवटा खेल अगाडि नै लिभरपुलले उपाधि जितेको हो । आइतबार घरेलु मैदानमा टोटनहमलाई ५-१ ले पराजित गर्दै लिभरपुलले उपाधि सुनिश्चित गरेको हो ।
खेलको सुरुवाती मिनेटमा गोल बेहोरेको लिभरपुलले उत्कृष्ट पुनरागमनसहित विजयी भएको हो।
लिभरपुलका लागि लुइस डियाज, एलेक्सिस म्याक एलिस्टर, कोडी गाक्पो र मोहम्मद सलाहाले १र१ गोल गरे। टोटनहमले एक गोल आत्मघाती गोल बेहोर्यो।
टोटनमका लागि डोमिनिक सोलान्केले सान्त्वना गोल गरे।