Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दिल्लीलाई हराउँदै बेङ्गलुरु आईपीएलको शीर्ष स्थानमा

दिल्लीलाई हराउँदै बेङ्गलुरु आईपीएलको शीर्ष स्थानमा

सोमवार , बैशाख १५, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबारको खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै आरसीबी अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

दिल्लीले दिएको एक सय ६३ रनको लक्ष्य पछ्याएको आरसीबीले १८ ओभर तीन बलमा चार विकेट गुमाएर पुरा ग¥यो । दिल्लीका केएल राहुलले ४१ र ट्रिस्टान स्टब्सले ३४ रन बनाए । अभिषेक पोरेले २८ रन जोडे । आरसीबीका भुवनेश्वर कुमारले तीन र जोश हेजलउडले दुई विकेट लिए ।

त्यसअघि अरूण जैटली स्टेडियममा टस जितेर फिल्डिङ रोजेको आरसीबीले एक सय ६५ रन बनाएको थियो । आरसीबीका क्रुनाल पाण्ड्याले सबैभन्दा धेरै ७३ र विराट कोहलीले ५१ रन बनाए ।

दिल्लीका अक्षर पटेलले दुई विकेट लिए । १० खेलबाट १४ अङ्क बनाउँदै आरसीबी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नौ खेलमा १२ अङ्कसहित दिल्ली चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077