Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादीले संसद बैठक अवरुद्ध गर्न खोजेपछि एमालेले भन्यो–शिक्षकहरूलाई विद्यालयमा फर्काउन सरकार वार्तामै छ

माओवादीले संसद बैठक अवरुद्ध गर्न खोजेपछि एमालेले भन्यो–शिक्षकहरूलाई विद्यालयमा फर्काउन सरकार वार्तामै छ

मंगलवार , बैशाख १६, २०८२

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सदनप्रति सरकार जिम्मेवार रहेको बताएका छन्।

विपक्षी दलहरूले आन्दोलनरत शिक्षकहरूको माग र समाधानसहितका ६ बुँदे सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको भए पनि कार्यसूचीमा नपरेपछि संसद बैठक नै अवरुद्ध गर्न खोजेका थिए ।

विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै उठेर विरोध गरेका हुन् । सभामुख देवराज घिमिरेले बस्न भन्दा पनि विपक्षी सांसदहरू बस्न नमानेपछि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न दिएका थिए ।

उनले आफूहरूले सोमबार संघीय संसद् सचिवालयमा दर्ता गराएको चिकित्सक र शिक्षकको आन्दोलनबारे दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावलाई कार्यसूचीमा राख्न गरेको माग नमानेको बताए ।

उनले आजको कार्यसूचीमा राख्न माग गरे । पाण्डेले सरकार संसद् र आन्दोलन र अन्य मागबारे जबाफदेही नभएको बताए ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै त्यसको जवाफमा बर्तौलाले सदनमा उठिरहेको विषय समाधान गर्नको लागि सरकार लागिरहेको बताएका हुन्।

उनले भने–‘यो विषयमा सरकार अनुदार बनेको छैन। आज बेलुकासम्म समस्या समाधान भएर शिक्षकहरू विद्यालय फर्किँदा हामी सबैलाई सहज गर्छ। अहिले वार्ता भइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077