Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिक्षकहरूसँगको वार्ता परिणाममुखी हुनेगरी गृहकार्य भइरहेको छ : कांग्रेस नेता महर

शिक्षकहरूसँगको वार्ता परिणाममुखी हुनेगरी गृहकार्य भइरहेको छ : कांग्रेस नेता महर

मंगलवार , बैशाख १६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले शिक्षक महासंघसँग गम्भीर रुपले वार्ता परिणाममुखी हुने गरी गृहकार्य भइरहेको बताएका छन् ।

नेपाल शिक्षक संघका जिल्ला अध्यक्षहरू र सामुदायिक विद्यालय व्यवस्थापन समिति, महासंघका प्रतिनिधिहरूसँग मंगलबार कुरा गर्दै महरले यस्तो बताएका हुन् ।

शिक्षकहरूसँगको वार्ता माग सम्बोधन उन्मुख रहेको बताउँदै उनले राजनीतिक दल र शिक्षक नेता सहमतिनजिक पुगेको बताए ।

नेपाली कांग्रेसको शिक्षा विभाग प्रमुखसमेत रहेका महरले तत्काल पूरा गर्न सकिने मागलाई सहमति गरी आज–भोलि नै मन्त्रिपरिषद्बाट सम्बोधन हुने र विद्यालय शिक्षा ऐन जारीको अवधि निश्चित गर्ने तयारी भइरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077