Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकार-शिक्षकबीच आज निर्णायक वार्ता हुँदै

सरकार-शिक्षकबीच आज निर्णायक वार्ता हुँदै

बुधवार , बैशाख १७, २०८२

काठमाडौं । सरकार र शिक्षक महासंघबीच बसेको बैठक सकारात्मक भएपछि आज दिउँसो निर्णायक वार्ता हुने भएको छ ।

सोमबार र मंगलबार राति अबेरसम्म सरकार र शिक्षक महासंघबीच वार्ता भएको थियो ।

शिक्षक महासंघका अनुसार वार्ता दिउँसो २ बजेका लागि तय भएको छ ।

शिक्षक महासंघको आज बिहान बसेको बैठकले वार्तामा जाने र सरकार जसरी प्रस्तुत हुन्छ महासंघ पनि त्यसैगरी प्रस्तुत हुने निर्णय गरेको छ ।

शिक्षा ऐन जारी गर्ने कुरा अहिलेसम्म सरकारले विश्वासको आधार नबनाएपनि सरकारसँगको छलफलमा आज पनि जाने महासंघले जनाएको छ ।

यसअघि, मंगलबार राति भएको वार्तामा महासंघले ९बुँदे प्रस्ताव पेस गरेको छ । सो प्रस्तावमाथि आज छलफल हुने बताइएको छ ।

मन्त्रिपरिषद्‍बाट ९ बुँदे पास भएमा आन्दोलनको मोडालिटी फेर्ने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077