Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकार र शिक्षकहरूबीच आज सहमति हुनेमा सत्ता गठबन्धनको विश्वास

सरकार र शिक्षकहरूबीच आज सहमति हुनेमा सत्ता गठबन्धनको विश्वास

बुधवार , बैशाख १७, २०८२

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले आज सरकार र शिक्षकहरूबीच सहमति हुने विश्वास व्यक्त गरेको छ ।

सरकार र शिक्षकहरूबीच सहमति हुने विश्वास लिएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

उनले भने , ‘सरकार र नेपाल शिक्षक महासंघबीच वार्ता सकारात्मक ढंगले अगाडि बढेको छ । आज दिनभरिमा सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघको बीचमा सहमति भएर भोलिदेखि सहज ढंगले पठनपाठन हुने वातावरण हुन्छ भन्ने विश्वास छ ।’

उपमहासचिव ज्ञवालीले शिक्षकहरूले शिक्षा विधेयक लिएर जाँदैनौँ भनेपछि सरकार र नेपाल शिक्षक महासंघबीच सहमति हुन ढिला भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077