Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

जगदुल्लाको ठेक्का विवाद : अगाडि नै मूल्यसूची बाहिरिएपछि पीपीएमओदेखि अख्तियारसम्म उजुरी

जगदुल्लाको ठेक्का विवाद : अगाडि नै मूल्यसूची बाहिरिएपछि पीपीएमओदेखि अख्तियारसम्म उजुरी

बुधवार , बैशाख १७, २०८२

काठमाडौं । १०६ मेगावाट क्षमताको जगदुल्लाह हाइड्रोपावर कम्पनीको ठेक्का विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ । पहिलो पटक ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का नै ठेक्का प्रकृयामा सामेल भई चेककाण्ड मच्चाएपछि जगदुल्लाको ठेक्का नै रद्द भएको थियो ।

दोस्रोपटक खोलिएको ठेक्कामा फर्जी डकुमेन्ट पेश गर्ने चिनियाँ कम्पनी ज्याङसी कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसन(जेसीई) लाई पहिलो नम्बरमा राखेर प्राविधिक प्रस्तावमा पास गरिएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)मा पनि उजुरी परेको छ ।

प्राविधिक प्रस्तावमा पास भएको दोस्रो नम्बरको कम्पनी सिनो हाइड्रो कर्पोरेसनले पीपीएमओमा उजुरी हालेको हो । त्यसैगरी ठेक्का प्रकृयामा भाग लिएर प्राविधिक प्रस्तावमा फेल गराइएको अर्को भारतीय कम्पनी एसआईएल–थ्रीएचसी जेभीले अख्तियारमा मंगलबार उजुरी हालेको छ ।

जेसीई–अनक कन्सट्रक्सनलाई कीर्ते कागपत्रका आधारमा प्राविधिक प्रस्तावमा पास गरी टेण्डर दिलाउन उर्जामन्त्री खड्का र जगदुल्ला आयोजनाका प्रमुख कार्यकारी अधिृत (सिइओ) सञ्जय सापकोटा नै सक्रिय रहेको एसआईएल–थ्रीएचसी जेभीले आरोप लगाएको छ ।

[insert page='343633' display='yopanipadhnuhos.php']

एसआईएल–थ्रीएचसी जेभीले जगदुल्लाको आर्थिक प्रस्ताव खुल्नु अघि नै मूल्यसूची बाहिरिएको र फर्जी कागजातहरु पेश गरिएको जिकिरसहित टेण्डर रद्दको माग गरी अख्तियारमा उजुरी हालेको हो ।

एसआईएल भारतमा हाइड्रोसम्बन्धी काम गर्ने प्रतिष्ठित भारतीय कम्पनी हो भने जेसीईले चीनमा हाइड्रोसम्बन्धी काम नै गरेको छैन । जसको आधिकारिकता जाँच गर्न एसआईएल–थीएससीले अख्तियार र पीपीएमओसँग माग गरेको छ ।

भारतमा चारौं नम्बरमा परेको कम्पनी नेपालमा फेल हुनुलाई दुर्भाग्यपूर्ण मात्र नभई मन्त्री खड्काको स्वार्थ अनुकुल नभएको रुपमा हेरिएको छ ।

टेण्डरमा भाग लिएको कम्पनी नै अख्तियारको शरणमा पुगेका कारण जगदुल्लाको टेण्डर प्रकृया फेरि रद्द हुने अवस्था देखिएको छ । लट २ अन्तर्गत सिभिल र हाइड्रो मेकानिकलको करिव १३ अर्ब बराबरको ठेक्कामा चिनियाँ कम्पनी जेसीई–अनकले १२ अर्ब १५ करोड, सिनोले १३ अर्ब १४ करोड, भारतीय कम्पनी एसआईएल–थ्रीएचसीले १२ अर्ब ४६ करोड तथा टेण्डरमा भाग लिएको अर्को कम्पनी टु एमजी–फेवाले भ्याटसहित करिव १३ अर्ब मूल्य कबोल गरेको विवरण अनलाइन नेपाललगायतका सञ्चारमाध्यमबाट बाहिरिएको थियो ।

२४ वैशाखमा आर्थिक प्रस्ताव खोल्ने भनिए पनि गोप्य हुनपर्ने प्रस्ताव नै बाहिरिएको भन्दै अख्तियारमा टेण्डर रद्दको माग लिएर भारतीय कम्पनी एसआईएल–थ्रीएचसीले उजुरी दिएको हो ।

नेपाली कम्पनी अनकसँग जेभी गरेको चिनियाँ कम्पनी जेसीईले हालसम्म हाइड्रोको काम नै नगरेको र अन्य कम्पनीले अफ्रिकी देशमा गरेको कामलाई सो कम्पनीको भनेर ठेक्का हत्याउन खोजिएको आरोप लागेको छ ।

कीर्ते कागजातलाई बैद्यता दिन मन्त्री खड्काको निर्देशनमा सिइओ सापकोटाले चिनियाँ दूतावासलाई पत्र लेखेर जेसीई–अनकलाई टेण्डर दिलाई ठूलो आर्थिक लाभ लिन खोजेको अन्य कम्पनीहरुले आरोप लगाएका छन् ।

जगदुल्लाका एक उच्च अधिकारीका अनुसार जगदुल्लाको यो ठेक्कामा चिनियाँ कम्पनी, मन्त्री खड्का र सिइओ सापकोटाको मिलेमतोमा झण्डै एक अर्ब घोटाला गर्न लागिएको छ ।

डोल्पामा निर्माण हुने आयोजना बनाउन २३ अर्ब लागत अनुमान गरिएको छ । जसमा १६ अर्ब ऋण र ७ अर्ब स्वपुँजीबाट जुटाउन लागिएको छ । अहिले सिभिल र हाइड्रो मेकानिकलको मात्रै ठेक्का निकालिएको हो । आयोजनाबाट ५ वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077