काठमाडौँ । आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ । शिक्षकसँग ९ वटा बुँदामा सहमति भएको हो । सहमति मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि सार्वजनिक हुने जनाइएको छ ।
नेपाल शिक्षक महासंघसँग शिक्षा मन्त्रालयमा वार्तामा रहेका शिक्षामन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन बाहिरिएका छन् ।
उनले सहमति हुने गरी वार्ता चलिरहेको बताए । शिक्षकका केही माग मन्त्रिपरिषद्बाट निर्णय गराउन पूरा गराउने र त्यसपछि पुनः वार्तालाई निरन्तरता दिँदै सहमति हुने जनाइएको छ ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले आन्दोलन थालेका थिए ।