Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

असार १५ भित्र शिक्षा ऐन नआए फेरि कडा आन्दोलन गर्ने महासंघको चेतावनी

असार १५ भित्र शिक्षा ऐन नआए फेरि कडा आन्दोलन गर्ने महासंघको चेतावनी

बुधवार , बैशाख १७, २०८२

काठमाडौं । नेपाल शिक्षक महासंघले तोकिएको समयमा शिक्षा ऐन जारी नभए फेरि कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

बुधबार साँझ मन्त्रिपरिषद् बैठकपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारसँगको सहमतिपछि अहिलेलाई आन्दोलन स्थगित गरिएको तर असार १५ भित्र ऐन जारी नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

उनका अनुसार, संसदीय समितिका सभापति र सत्ता साझेदार दलका प्रमुख सचेतकको लिखित प्रतिबद्धता तथा मन्त्रिपरिषद्को निर्णयपछि शिक्षक आन्दोलन स्थगित गरिएको हो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलावहादुर थापाद्वारा जारी विज्ञप्तिमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति र सत्तापक्षका प्रमुख सचेतकहरूले असार १५ भित्र विधेयक पारित गर्ने लिखित प्रतिबद्धता जनाएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077