Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वीर अस्पतालकी नर्सिङ प्रमुखविरुद्ध अख्तियारदेखि सतर्कतासम्म उजुरी

वीर अस्पतालकी नर्सिङ प्रमुखविरुद्ध अख्तियारदेखि सतर्कतासम्म उजुरी

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं । मुलुककै सबैभन्दा पुरानो वीर अस्पतालकी नर्सिङ प्रमुख संगीता श्रेष्ठविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सतर्कता केन्द्रसम्म उजुरी परेको छ ।

श्रेष्ठविरुद्ध कारबाहीको माग गर्दै उनी मातहत कार्यरत कर्मचारीहरुले नै उजुरी दिएका हुन् । श्रेष्ठले आफूहरुलाई दुःख दिने गरेको भन्दै पीपडतहरुले कारबाही गरी सरुवा गर्न पनि माग गरेका छन् ।

पीडित कर्मचारीहरुले अख्तियार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय महिला आयोग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी दिएको बताएका छन् ।

उनीहरुले विभिन्न आर्थिक र प्रशासनिक अनियमितता तथा ज्यादती एवं विभेदविरुद्ध श्रेष्ठमाथि आवश्यक छानबिन गरी हदैसम्म कारबाही गर्न माग गरेका छन् । साथै उनलाई तत्कालै वीर अस्पतालबाट सरुवा गर्न पनि अनुरोध गरेका छन् ।

सम्बन्धित निकायहरुमा हालिएको उजुरी पत्रमा अस्पतालमा विभिन्न आर्थिक, प्रशासनिक अनियमितता गरेको, कर्मचारी भर्नामा अनियमितता गरेको, जातीयताका आधारमा विभेद गरेको, निर्देशक र उपसचिवको निर्देशन अवज्ञा गर्ने गरेको, सरसफार्इ सम्बन्धी सामान आयातमा मिलेमतोमा अनियमितता गरेकोलगायतका भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

नर्सिङ प्रमुख श्रेष्ठले भने कानून विपरितका काम नगरिदिंदा आफूविरुद्ध उजुरी हालिएको दावी गरिन् । अनलाइन नेपालसँग कुरा गर्दै उनले भनिन्–‘मलाई राज्यल जुन काम गर्नका लागि अधिकार दिएको छ, मैलले त्यहि काम गर्ने हो । कुनै व्यक्ति विशेषले अह्राएको कानूनविपरितका काम गर्दा मनगणन्ते उजुरी हालिन्छ भने त्यसमा मेरो भन्नु केही छैन ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077