Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अब स्थानीय तहबाटै एक महिनामै स्वास्थ्य बीमा सेवा लिन सकिने

अब स्थानीय तहबाटै एक महिनामै स्वास्थ्य बीमा सेवा लिन सकिने

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं । सेवाग्राहीले अबदेखि आफू बसोबास गरेको स्थानबाट नै स्वास्थ्य बीमा सेवा पाउने भएका छन् ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले स्वास्थ्य बीमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बीमा गरेकाहरूले आफू जहाँ बसोबास गरेको छ सोही ठाउँबाट सेवा लिन पाउने भएका हुन् ।

यसअघि, बीमा गरेपछि सेवा लिनका लागि बीमा गराइएको ठाउँमै पुग्नुपर्ने बाध्यता थियो । तर, अब व्यक्तिले बसोबास गरिरहेको स्थानमै प्रस्थान विन्दु कायम गरेर स्वास्थ्य बीमाको सुविधा लिन पाउनेछन् ।

स्वास्थ्य बीमा प्रणालीलाई सहज बनाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको  प्रतिबद्धताअनुसार नियमावली संशोधन प्रस्ताव मन्त्रिपरिषदमा लगिएको थियो ।

बुधबार बसेको बैठकले उक्त प्रस्ताव पारित गरेको मन्त्री पौडेलले जानकारी दिए ।

नियमावली संशोधनसँगै अब बीमा गरेपछि सेवा लिनका लागि तीन महिना पर्खनुपर्ने अवस्था पनि अन्त्य भएको छ । अब बीमा गरेपछि एक महिनाभित्रै सेवा लिन सकिने व्यवस्था लागू हुनेछ ।

मन्त्री पौडेलका अनुसार यसले स्वास्थ्य बीमामा आम नागरिकको पहुँच बढाउनेछ र बीमा प्रणालीलाई व्यवहारिक बनाउने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077