Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

भारतले थप ६ सय मेगावाट विद्युत् दिने

भारतले थप ६ सय मेगावाट विद्युत् दिने

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं । भारतले नेपाललाई ६ सय मेगावाट थप विद्युत् दिने भएको छ ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुुसार बिहान २ बजेदेखि साँझ ५ बजेसम्म १५ घन्टाका लागि भारतले थप विद्युत् दिने भएको हो ।

यसअघि, १५ मार्चदेखि भारतले सोलार आवर अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म् मा मात्र बिजुली आपूर्ति गर्दै आएको थियो ।

थप गरिएको बिद्युत् ढल्केवर–मुज्जफपुर प्रसारणलाइनबाट आयात हुने छ ।

कार्यकारी निर्देशक शाक्यले भने, ‘बिहीबार भारतले स्वीकृत दिएकोले राति १२ बजेबाट थपिएको बिद्युत् आयात हुनेछ ।’

सुख्खायाममा नदीमा पानीको बहाब घटी देशभित्रका नदी प्रवाह जलविद्युत् गृहहरूबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गाह्रो छ ।

त्यसैले भारतबाट विद्युत् आयात गर्नु परेको प्राधिकरणको भनाइ छ । प्राधिकरणको तथ्यांकअनुसार हाल विद्युत्को आन्तरिक उत्पादन औसत करिब ११ सय ७५ मेगावाट छ भने विद्युतको उच्च माग २ हजार ७७ मेगावाट छ ।

विद्युतको उच्च मागको समयमा विद्युत् उत्पादन १५ सय ९३ मेगावाट हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077